नेपाल माइक्रो इन्स्योरेन्सको १.१२ लाख कित्ता सेयरको लक इन अवधि आजबाट सकिँदै

आइतबार, २२ भदौ २०८२, ९:१० AM
post-image

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले जारी गरेको सामुहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक–इन अवधि आजदेखि समाप्त भएको छ ।

कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको थियो । प्रचलित प्रावधानअनुसार उक्त सेयरलाई बाँडफाँड भएको मितिले ६ महिनासम्म लक–इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सले २०८१ साल फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको थियो । सो आईपीओको बाँडफाँड फागुन २३ गते सम्पन्न भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}