सागर डिष्टिलरीले भदौ २५ देखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने

मंगलबार, १७ भदौ २०८२, १२:४७ PM
post-image

काठमाडौं, १७  भदौं सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि भदौ २५ गतेदेखि आईपीओ (सार्वजनिक निष्काशन) खुला गर्ने भएको छ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त छ। यसअन्तर्गत १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।

अब बाँकी ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ हुनेछ।

आईपीओमा भदौ २५ देखि २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा अवधि असोज ८ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनको लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सागर डिष्टिलरीलाई (IRN B+ (Is) [Single B Plus (Issuer)]) रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न कम्पनी सक्षम भए पनि उच्च जोखिम रहेको संकेत गर्दछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}