बन्दिपुर केवलकारको पहिलो चरणको आईपीओ आज अन्तिम दिन, सर्वसाधारणका लागि दोस्रो चरणको तयारी

बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज साउन २० गते अन्तिम मौका हो।

Artha Kendra Artha Kendra
मंगलबार, २० श्रावण २०८२, ११:४० AM
फन्ट
बन्दिपुर केवलकारको पहिलो चरणको आईपीओ आज अन्तिम दिन, सर्वसाधारणका लागि दोस्रो चरणको तयारी

काठमाडौं, २० साउनबन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज साउन २० गते अन्तिम मौका हो। कम्पनीले तनहुँ र गोरखाका प्रभावित क्षेत्रका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको ५ लाख २९ हजार ४०० कित्ता शेयरको आवेदन अवधि साउन ९ गते नै सकिएको छ।

नेपाल धितोपत्र बोर्डबाट कुल ५८ लाख ६० हजार कित्ता साधारण शेयर (५८ करोड ६० लाख रुपैयाँ बराबर) निष्कासनको अनुमति पाएको कम्पनीले अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि ५२ लाख ९४ हजार कित्ता शेयर जारी गर्ने तयारी गरिरहेको छ।

यस आईपीओको बिक्री व्यवस्थापन नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले गरेको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.