चितवनमा लोडसेडिङ सुरु भएको दाबी भ्रामक: हितेन्द्रदेव शाक्य

शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

Artha Kendra Artha Kendra
आइतबार, ११ श्रावण २०८२, ४:४० PM
फन्ट
चितवनमा लोडसेडिङ सुरु भएको दाबी भ्रामक: हितेन्द्रदेव शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा शाक्यले भने, “यो मर्मतसम्बन्धी कार्य मात्र हो, लोडसेडिङ होइन।” उनका अनुसार, चितवनस्थित सवस्टेशन अपग्रेड गर्न पुरानो कन्डक्टर फेर्ने प्रक्रिया जारी छ, जसका कारण आइतबार र सोमबार विद्युत् आपूर्ति रोकिएको हो।

शाक्यले पुरानो कन्डक्टरले बढी लोड सहन नसक्ने अवस्था आएकोले नयाँ कन्डक्टर जडान गरिँदैछ भन्ने जानकारी दिए। उनले क्षमता वृद्धि भएपछि पुरानो नेटवर्कले भार धान्न नसकेको कारण बत्ती जाने समस्या देखिएको उल्लेख गरे।

यस्तै, डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद थप ३५ दिनका लागि विस्तार गरिएको पनि उनले जानकारी दिए। बक्यौता उठाउन नसके लाइन काटिने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

सम्बन्धित (पुरानो)
चितवनमा अब दैनिक ६ घण्टा लोडसेडिङ, यस्तो छ समयतालिका

चितवनका विभिन्न फिडर क्षेत्रमा दैनिक ६ घण्टा विद्युत् कटौती सुरु

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.