चितवनमा अब दैनिक ६ घण्टा लोडसेडिङ, यस्तो छ समयतालिका

चितवनका विभिन्न फिडर क्षेत्रमा दैनिक ६ घण्टा विद्युत् कटौती सुरु

Artha Kendra Artha Kendra
आइतबार, ११ श्रावण २०८२, ८:९ AM
फन्ट
चितवनमा अब दैनिक ६ घण्टा लोडसेडिङ, यस्तो छ समयतालिका

चितवन, साउन ११ — नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले आजबाट चितवनका विभिन्न फिडरहरूमा दैनिक ६ घण्टा लोड व्यवस्थापनको तालिका कार्यान्वयनमा ल्याएको छ।

वितरण केन्द्रका अनुसार, माग अत्यधिक बढेपछि नियन्त्रण गर्नुपर्ने अवस्थामा लोडसेडिङ गरिन लागेको हो। जारी तालिकाअनुसार नारायणी–माडी फिडरमा बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। मेघौली–विजयनगर फिडरमा भने बिहान ९ बजेदेखि १२ बजेसम्म र साँझ ६ बजेदेखि राति ९ बजेसम्म विद्युत् जानेछ। यसैगरी, जगतपुर–रामपुर फिडरमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म सेवा बन्द हुनेछ।

प्राधिकरणका अनुसार भरतपुरस्थित १३२/३३ केभी सबस्टेशनबाट विद्युत् आपूर्ति हुने ३३ केभी डग कन्डक्टर तारको अधिकतम क्षमता ३०० एम्पियर मात्रै भएकाले माग ४५० एम्पियर पुगेपछि लोड व्यवस्थापन गर्न बाध्यता आएको हो।

गर्मी बढ्नुका साथै रोपाइँको समयमा वर्षा नहुँदा सिँचाइका लागि बिजुलीको उपयोग अत्यधिक भएकोले सो समस्या उत्पन्न भएको प्राधिकरणले जनाएको छ। दीर्घकालीन समाधानका लागि बसेनी सबस्टेशनमार्फत वैकल्पिक ३३ केभी प्रसारण लाइन निर्माण कार्य गत आर्थिक वर्षमा शुरू भइसकेको छ।

फिडर क्षेत्र पहिलो चरण दोस्रो चरण
नारायणी–माडी बिहान ६–९ बजे दिउँसो ३–६ बजे
मेघौली–विजयनगर बिहान ९–१२ बजे साँझ ६–९ बजे
जगतपुर–रामपुर दिउँसो १२–३ बजे राति ९–१२ बजे

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.