मौद्रिक नीति २०८२/८३ : लगानीकर्ता र विश्लेषकहरूबाट उत्साहजनक प्रतिक्रिया, कसले के भने?

शुक्रबार, २७ असार २०८२, ६:५५ PM
post-image

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले शेयर बजार, लघुवित्त, र साना तथा मझौला उद्यमीहरूलाई केन्द्रमा राखेर ल्याइएको नीति भएको भन्दै विभिन्न चर्चित लगानीकर्ता, विश्लेषक र प्रशिक्षकहरूले यसलाई सकारात्मक स्वागत गरेका छन्।

१. शिव चन्द्र – लगानीकर्ता तथा विश्लेषक

शिव चन्द्रले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै भने,

“मौद्रिक नीतिले सेयर बजारलाई ठोस सम्बोधन गरेको छ। १५ करोडको सेयर कर्जाको सीमा २५ करोड पु¥याउनु र लघुवित्तको लाभांश क्याप हटाउने निर्णय सकारात्मक छ।”
उनी अझ भन्छन्,
“विदेशको जस्तै सम्पत्ति व्यवस्थापन कम्पनी (AMC) को नीति प्रस्तावित हुनु ऐतिहासिक हो।”
उनले समग्र मौद्रिक नीतिलाई ग्रेड "A" दिँदै सकारात्मक मूल्यांकन गरेका छन्।


२. सुभाष चन्द्र भट्टराई – विश्लेषक तथा शेयर प्रशिक्षक

सुभाष चन्द्रले भने,

“यो मौद्रिक नीति नराम्रो भन्नेले आफैंमा एन्क्जाइटी भएको प्रमाणित गर्छ।”
उनको भनाइ व्यंग्यात्मक शैलीमा भए पनि स्पष्ट रूपमा नीतिप्रति अत्यन्त सकारात्मक प्रतिक्रिया दिन्छ।


३. अम्बिका प्रसाद पौडेल – लगानीकर्ता तथा व्यवसायी

पौडेलले मौद्रिक नीतिको मूल भावबारे लेख्दै भने,

“साना तथा मझौला ऋणीलाई सम्बोधन गरिएको, घरजग्गा र सेयर बजार मैत्री नीति आएको छ।”
उनको नारा जस्तै टिप्पणी थियो —
“बढ्ने छ मनोबल, चल्ने छ अर्थतन्त्र।”


४. रोहन कार्की – लगानीकर्ता

कार्कीले लघुवित्तमा लगानी गर्नेहरूका लागि यो नीति उत्साहजनक भएको बताउँदै लेखे,

“१५% को ब्याजदर र लाभांश दुबैको क्याप अब नरहनेछ।”
उनका अनुसार यो सर्कुलर आउने दिनमा लघुवित्त कम्पनीहरूलाई अझ बढी लाभांश वितरण गर्न स्वतन्त्रता दिनेछ।


५. सुभाष कार्की – लगानीकर्ता

उनले पनि लघुवित्तको १५% लाभांश सीमा हटाइएर २५% भन्दा बढी हुन सक्ने सम्भावनाको चर्चा गर्दै भने,

“केन्द्रीय बैंकले अब १५% बाट माथि लाभांश दिन सक्ने व्यवस्था मिलाउनेछ।”

6. मनोज ज्ञवाली - बैंकर तथा  सीईओ

बैंकर तथा नबिल बैंकका सीईओ मनोज ज्ञवालीका अनुसार:

समग्रमा यो मौद्रिक नीति उद्यमी व्यवसायीहरूप्रति उदार र बैंकिङका समस्याहरु समाधान गर्ने उद्देश्यका साथ सार्वजनिक भएको देखिन्छ कतिपय नीतिगत व्यवस्थाहरू को वास्तविक असर नेपाल राष्ट्र बैंकको थप अध्ययन पश्चात सार्वजनिक हुने निर्देशनहरू आइसकेपछि मात्र आँकलन गर्नसक्ने अवस्था रहन्छ। मौद्रिक नीतिले अपेक्षा गरिएका धेरै कुराहरुलाई सम्बोधन गरेको छ भने कतिपय कुराहरुलाई छोएको देखिन्छ कतिपय कुराहरू आगामी दिनहरूको जरुरत अनुसार नेपाल राष्ट्र बैंकले निर्देशन मार्फत पनि सम्बोधन गर्न सक्दछ। समग्रमा यो मौद्रिक नीतिको उद्देश्य र कार्यदिशा सकारात्मक देखिन्छ।


लगानीकर्ता, विश्लेषक र व्यवसायीहरूबाट आएको प्रतिक्रियाले देखाउँछ कि मौद्रिक नीति २०८२/८३ लाई शेयर बजार, लघुवित्त, र साना उद्यमीमैत्री नीतिका रूपमा लिइएको छ। नीति कडा व्यवस्थाहरूलाई खुकुलो पार्दै लगानी वातावरण सुधार गर्ने संकेत दिइएको छ।
विशेष गरी सेयर कर्जाको सीमा वृद्धि, लाभांश नीति पुनरावलोकन, र सम्पत्ति व्यवस्थापन कम्पनीको सम्भावना जस्ता बुँदाहरूले लगानीकर्ताहरूमा उत्साह थपेको देखिन्छ।

यो पनि पढ्नुहोस्:
मौद्रिक नीति : लघुवित्तको १५% लाभांश सीमा यथावत, भविष्यमा पुनरावलोकन हुने

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई लाग्दै आएको १५ प्रतिशत लाभांश सीमामा हाललाई कुनै परिवर्तन नगरे पनि, भविष्यमा पुनरावलोकन गरिने जनाएको छ।

मौद्रिक नीति २०८२/८३ : बैंकर मनोज ज्ञवालीको दृष्टिकोणबाट (२२ बुँदामा )

बैंकर तथा नबिल बैंकका सीईओ मनोज ज्ञवालीले आज सार्वजनिक मौद्रिक नीति २०८२/८३ बारेमा आफ्नो धारणा प्रस्तुत गरेका छन्।

२०८२/८३ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति घोषणा गरेको छ।

सेयर धितो कर्जाको सीमा बढ्यो, पहिलो घर किन्दा ८०% सम्म कर्जा उपलब्ध

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जा, घर कर्जा र ब्याजदरमा महत्वपूर्ण परिवर्तन गरेको छ।

मौद्रिक नीति २०८२/८३ : बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाइयो

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}