मौद्रिक नीति २०८२/८३ : बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाइयो

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ

Artha Kendra Artha Kendra
शुक्रबार, २७ असार २०८२, १:१४ PM
फन्ट
मौद्रिक नीति २०८२/८३ : बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाइयो

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। नयाँ मौद्रिक नीतिमा ब्याजदर करिडोरका दरहरू घटाउँदै कर्जा प्रवाहलाई प्रवर्द्धन गर्ने संकेत दिइएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक दर, निक्षेप संकलन दर, र नीतिगत दरमा कटौती गरेको हो। ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत बनाइएको छ भने तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत मा झारिएको छ। त्यस्तै, नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।

राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले ब्याजदर घटाउने निर्णय बजारमा तरलता प्रवाह बढाउने उद्देश्यले गरिएको बताएका छन्।

यसका साथै, मौद्रिक नीतिमा कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखिएको छ। यसले बैंकहरूलाई निजी क्षेत्रतर्फ ऋण प्रवाहमा उत्साहित गर्ने अपेक्षा गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.