सेयर धितो कर्जाको सीमा बढ्यो, पहिलो घर किन्दा ८०% सम्म कर्जा उपलब्ध

शुक्रबार, २७ असार २०८२, १:२३ PM
post-image

काठमाडौं — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जा, घर कर्जाब्याजदरमा महत्वपूर्ण परिवर्तन गरेको छ।

गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको घोषणा गरे। यसअघि मार्जिन कर्जा सीमा हटाउन माग गर्दै शेयर लगानीकर्ताहरू आवाज उठाइरहेका थिए।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले  घर किन्न चाहने व्यक्तिलाई दिइने कर्जाको अधिकतम सीमा ३ करोड रुपैयाँ पुर्‍याइएको घोषणा गरे। यसअघि यो सीमा २ करोड रुपैयाँमात्र थियो।

पहिलो घर किन्दा अब घर मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने भएको छ, जुन पहिला ६० प्रतिशत थियो।

त्यस्तै, घरजग्गा खरिदका लागि पनि कर्जा सीमा बढाइएको छ। पहिले बैंकले घरजग्गाको मूल्यांकनको ५० प्रतिशतसम्म मात्र ऋण उपलब्ध गराउँथ्यो भने अब यो सीमा ७० प्रतिशतसम्म पुर्‍याइएको छ। यसले ग्राहकहरूले मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा लिएर सजिलै घरजग्गा खरिद गर्न सक्ने अवसर पाउनेछन्।

मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरका दरहरू पनि घटाइएको छ।

  • बैंक दर: ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत

  • निक्षेप संकलन दर: ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत

  • नीतिगत दर: ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।

राष्ट्र बैंकको यो नीति अर्थतन्त्रमा तरलता प्रवाह बढाउनेशेयर तथा आवास बजारलाई थप सक्रिय बनाउने उद्देश्यका साथ ल्याइएको विश्वास गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}