खानी खोला हाइड्रोपावरको १:१ हकप्रद सेयरका लागि बुक क्लोज मिति निर्धारण
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी दिनमा शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। यसका लागि कम्पनीले बुक क्लोज मिति असार २७ गते निर्धारण गरेको छ। कम्पनीको सूचना अनुसार, असार २६ गते बिहीबारसम्म सेयर खरिद गरेका लगानीकर्ताहरूले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हालको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको सेयर जारी गर्ने छ। हकप्रद सेयरको दर प्रति कित्ता १०० रुपैयाँ हुनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेअनुसार कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने छ, जसअनुसार एक कित्ता साधारण सेयर भएको व्यक्तिले एक कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.