खानीखोला हाइड्रोले पायो १००% हकप्रद निष्कासन गर्ने अनुमति

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १० असार २०८२, ५:२० PM
फन्ट
खानीखोला हाइड्रोले पायो १००% हकप्रद निष्कासन गर्ने अनुमति

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले १ः१ अनुपातमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यस सेयर बिक्रीको व्यवस्थापन सिटिन्स क्यापिटलले गर्नेछ।

कम्पनीले हकप्रद सेयरबाट उठ्ने रकम बैंकको ऋण भुक्तानीमा खर्च गर्ने योजना बनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहेकोमा, हकप्रद सेयरपछि यो रकम दोब्बर भई ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ।

Click Here for Khani Khola Hydropower Company Limited Right Share Details

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.