टालटुले समिति फासफुस पार्न बनाइएको हो : स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रतिनिधि सभाका उपसभापति स्वर्णिम वाग्लेले सरकारले गठन गरेको भिजिट भिसा छानबिन समितिलाई ‘टालटुले’ भन्दै त्यसको कडा आलोचना गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले उक्त समितिलाई भिजिट भिसा प्रकरणलाई कमजोर रूपमा प्रस्तुत गर्न र दोषीलाई जोगाउन बनाइएको आरोप लगाए। उनले भने, “यो टालटुले समिति हो, जसको उद्देश्य फासफुस पार्ने र दोषीलाई चोख्याउने मात्र हो। रास्वपाले यस्तो समिति स्वीकार गर्दैन।”
यस्तै उनले मनिष झाको भनाइ उदृत गर्दै तीर्थराज भट्टराईकै नेतृत्वमा समिति बनाएर सुन पानी छर्किए हुने भनेर कटाक्ष समेत गरे।
वाग्लेले सरकारले भ्रष्टाचारजस्ता गम्भीर विषय छानबिन गर्न ‘जाँचबुझ आयोग ऐन, २०२६’ अनुसार कुनै बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा समिति बनाउनु पर्ने माग दोहोर्याए। साथै, वैकल्पिक रूपमा संसदीय छानबिन समिति गठन भए पनि रास्वपालाई मान्य हुने बताए।
अहिलेको समितिलाई लिएर उनले प्रश्न गरे, “उच्चस्तरीय भनेर बनाइएको समिति पेन्सन खाइरहेका पूर्वकर्मचारीको नेतृत्वमा कसरी उच्चस्तरीय हुन्छ?”
उनले यो प्रकरणमा केवल भ्रष्टाचार मात्र नभई नीतिगत र प्रणालीगत सुधार आवश्यक भएकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगभन्दा पृथक समिति आवश्यक रहेको बताए।
रास्वपाले भिजिट भिसाको विषयमा जेठ १३ गतेदेखि आन्दोलन सुरु गरेको र जेठ २५ गते पनि सेटिङका आधारमा मानिसहरू विदेश पठाइएको प्रमाण रहेको पनि उनले उल्लेख गरे।
दूधको साक्षी बिरालो जस्तो छानबिन समिति स्वीकार्य छैन : राप्रपा
भिजिट भिसा प्रकरणमा सरकारद्वारा गठन गरिएको छानबिन समितिको राप्रपाले कडा विरोध गरेको छ।
अब भिजिट भिसासम्बन्धी सबै समस्या समाधान हुन्छन् : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गरिने बताएका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.