दूधको साक्षी बिरालो जस्तो छानबिन समिति स्वीकार्य छैन : राप्रपा

भिजिट भिसा प्रकरणमा सरकारद्वारा गठन गरिएको छानबिन समितिको राप्रपाले कडा विरोध गरेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १० असार २०८२, १:४ PM
फन्ट
दूधको साक्षी बिरालो जस्तो छानबिन समिति स्वीकार्य छैन : राप्रपा

काठमाडौँ, असार १० – भिजिट भिसा प्रकरणमा सरकारद्वारा गठन गरिएको छानबिन समितिको राप्रपाले कडा विरोध गरेको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै छानबिन समितिलाई विश्वास गर्न नसकिने बताए।

उनले अघिल्ला १८ वर्षमा १४ जना गृहमन्त्री फेरिएको प्रसंग उठाउँदै, ती सबैलाई अनुसन्धानको दायरामा ल्याइनुपर्नेमा उल्टै दोषी जोगाउने उद्देश्यले समिति बनाइएको आरोप लगाए।

शाहीले आलोचना गर्दै भने, "दूधको साक्षी बिरालो राखेर समस्या समाधान हुँदैन। जसका कारण छानबिन गर्नुपर्ने हो, तिनकै कर्मचारीलाई राखेर बनाइएको समिति विधिको शासनको खिल्ली उडाउने काम मात्र हो।"उनले यो समितिलाई अपराध ढाकछोप गर्ने उपकरण र १४ जना गृहमन्त्रीलाई उन्मुक्ति दिन बनाइएको नयाँ ‘प्रोपोगाण्डा’ भएको आरोप लगाए।

राप्रपा यो ‘प्रोपोगाण्डा’विरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउने र संयुक्त रूपमा विरोध गर्ने चेतावनी पनि उनले दिए। शाहीले यो प्रकरणलाई मानव बेचबिखनको रूप दिँदै, संख्याको भरमा मुद्दा छोप्ने प्रयास नहोस भन्दै सरकारलाई सावधान गराए।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शंकरदास बैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरण छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो।

सम्बन्धित (पुरानो)
अब भिजिट भिसासम्बन्धी सबै समस्या समाधान हुन्छन् : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गरिने बताएका छन्।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.