ज्ञानेन्द्र शाहीको आरोप: माओवादीले अग्नि सापकोटालाई बचाउन संसदीय 'सेटिङ' गर्‍यो

शुक्रबार, ३० जेठ २०८२, ६:५० PM
post-image

काठमाडौं, २०८२ जेठ ३१ गते शुक्रबार – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा (माओवादी केन्द्र) माथि संसद्मा 'सेटिङ' गरी पूर्वसभामुख अग्नि सापकोटालाई हत्या प्रकरणमा पक्राउ हुनबाट बचाएको गम्भीर आरोप लगाएका छन्। आज (शुक्रबार) बसेको संसद बैठकपछि सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै शाहीले यस्तो आरोप लगाएका हुन्।

शाहीले आफ्नो फेसबुक स्टाटसमा व्यंग्यात्मक शैलीमा लेखेका छन्, "ल बधाई छ कमरेड प्रचण्ड उर्फ माओवादी साथीहरू, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्यूको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेबापत ज्यान मार्ने व्यक्ति हत्या गर्ने प्रकरणमा पूर्वसभामुख अग्नि सापकोटालाई पक्राउ गर्न बचाएकोमा..."

उनले थप लेखेका छन्, "विडम्बनाका साथ भन्नुपर्छ, संसद् जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो।"

आजको संसद बैठकमा माओवादीले सत्ता पक्षसँग एक्लै दुई बुँदे सहमति गरेपछि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मात्र संसद अवरुद्ध गरेका थिए। पछिल्लो समय माओवादी लचक भएर सहमति गरेको भन्दै आलोचित भइरहेका बेला शाहीको यो आरोपले नयाँ बहस सिर्जना गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}