पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ: गृहमन्त्री

गृह मन्त्री रमेश लेखकले रास्वपामाथि विभिन्न आरोप लगाएका छन्।

Artha Kendra Artha Kendra
शुक्रबार, ३० जेठ २०८२, ६:५ PM
फन्ट
पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ: गृहमन्त्री
 

काठमाडौं ।गृह मन्त्री रमेश लेखकले रास्वपामाथि विभिन्न आरोप लगाएका छन्। शुक्रबार १८ दिनपछि कार्यसूचीमा प्रवेश गरेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिन रोस्टममा पुगेका उनले आफ्नाविरुद्ध नक्कली जाहेरीहरू लेखेर विभिन्न ठाउँमा मुद्दा दर्ता गर्न खोजेको थाहा पाइसकेको बताएका हुन्।

उनले रास्वपाको नाम उल्लेख नगरी भने, 'पार्टीका कार्यालयमा नक्कली तथाकथितलाई बोलाएर नक्कली जाहेरीहरू लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयन्त्र भइरहेका छन्। कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ।'

उनले थपे, 'यस्ता किर्ते जालसाज, अमर्यादित कार्य गरेर राजनीतिक अभिष्ट पूरा गर्न नलाग्न म साथीहरूलाई आग्रह गर्छु।'

उनको भनाइ छ कि यस्ता अपमानजनक कार्य र नक्कली पीडित खडा गर्नेलाई पत्ता लगाएर कारबाही गरिनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.