भिजिट भिषा प्रकरणमा आफ्नो संलग्नता नरहेको गृहमन्त्रीको जिकिर

काठमाडौं, ३० जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गरेका छन ।
आजको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधका बिच आफूमाथि उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले कुनै संलग्नता नरहेको जिकिर गरेका हुन ।आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै उनले खेद ब्यक्तसमेत गरेका छन ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय कार्यालय प्रमुख भिजिट भिसाका सम्बन्धमा अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ, त्यसबारेमा मेरो समेत संलग्नता छ भनेर सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन, उक्त कार्यमा मेरो कुनै संलग्नता छैन, म इमान र नैतिकताको राजनीति गरेर यहाँसम्म आएको हो, यस्तो काम मवाट हुनै सक्दैन्’, गृहमन्त्री लेखकले संसदमा भने ।
उनले संसदमा प्रस्टीकरण दिदाँ बेलमा पुगेर रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका थिए ।

पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ: गृहमन्त्री
गृह मन्त्री रमेश लेखकले रास्वपामाथि विभिन्न आरोप लगाएका छन्।

गृह मन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रम पुगेर गरे नाराबाजी
काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका छन् ।

प्रतिनिधि सभा बैठक, २०८२ जेठ ३० गते, शुक्रबार (LIVE)🔴
प्रतिनिधि सभा बैठक, २०८२ जेठ ३० गते

कुरो मिल्यो, अब संसद खुल्छ: प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अब प्रतिनिधि सभा बैठक सुचारु हुने जानकारी दिएका छन्।