एनआइसी एसिया बैंकको नाफासँगै प्रमुख सूचकहरु घट्यो
काठमाडौ, बैशाख ०७ । एनआइसी एसिया बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफा घटेकाे छ । यसअवधिमा खुद नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले नाफा कमाएको थियो । साे अवधिमा बैकले १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको तथा खराब कर्जा बढेको कारण यसको खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा झरेको छ । त्यस्तै, सञ्चालन नाफा भने ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख ९ हजार रुपैयाँमा सीतिमत भएको छ । यता, वितरणयोग्य नाफा भने ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ ।
चैत मसान्तसम्म आइपुग्दा खराब कर्जा भने ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ । आइओई ०.७१ प्रतिशत छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.