एनआईसी एशिया बैंकले चैत २५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

आइतबार, १७ चैत २०८१, ११:४८ AM
post-image

काठमाडौं, १७ चैत्र । एनआइसी एसिया बैंकले चैत २५ गतेदेखि ५० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री खुला गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्ट गरिनेछ । 

उक्त ऋणपत्रमा छिटोमा चैत २८ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

सर्वसाधारणलाई जारी हुने इकाईबाट ५ प्रतिशत अर्थात १ लाख इकाई भने म्युचुअल फन्डलाई छुट्याइएको बैंकले जानकारी गराएको छ । बैंकले १० वर्ष अवधि भएको ‘७ एआइसी एसिया डिबेन्चर २०९१’ निष्काशन गर्न लागेको हो । यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}