महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

मंगलबार, ९ पुष २०८१, १०:४२ AM
post-image

काठमाडौं, ९ पुस । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज (पुस ९) अन्तिम दिन हो। कम्पनीले हाल कायम सर्वसाधारण समूहको हिस्सालाई १९.६८ प्रतिशतबाट ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो।  

पुस ५ गतेदेखि खुला गरिएको एफपीओअन्तर्गत ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन गरिएको छ। सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्छन्।  

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले महुली लघुवित्तलाई ‘डबल बी माइनस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिमको संकेत गर्दछ। एफपीओको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो शेयर प्रणालीमार्फत दिन सकिन्छ।  

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ निष्कासनपछि पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।  

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}