महुली लघुवित्तको एफपीओमा आजबाट आवेदन खुला

शुक्रबार, ५ पुष २०८१, १०:४३ AM
post-image

काठमाडौं, ५ पुस । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुस ५ गते) देखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ। लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार, सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्‍याउनका लागि यो एफपीओ जारी गरेको हो।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर निष्कासन गर्दैछ। यो सेयरका लागि लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवश्यक आवेदन नपरेमा म्याद पुस १९ गतेसम्म लम्बिन सक्छ।

न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। सेयरको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई "डबल बी माइनस" प्रदान गरेको छ, जसले मध्यम वित्तीय जोखिम संकेत गर्दछ।

यस एफपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ सफ्टवेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ रुपैयाँ छ, जुन एफपीओपछि ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}