हिमालयन डिष्टिलरीले २०% लाभांश वितरण गर्ने घोषणा

सोमबार, २४ मंसिर २०८१, १२:५८ PM
post-image

काठमाडौं, २४ मंसीर ।  हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले आफ्नो गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) दिने प्रस्ताव पारित गरेको हो। यसरी, कुल २० प्रतिशत लाभांश वितरणको योजना बनाइएको छ।

गत आर्थिक वर्षमा हिमालयन डिष्टिलरी लिमिटेडले ३५ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा आयोजना गर्ने तयारी गरेको छ, जहाँ प्रस्तावित लाभांश वितरण र अन्य निर्णयहरू पारित गरिनेछन्।

सभा वीरगञ्जको रजिस्टर्ड कार्यालयमा बिहान १० बजे सुरु हुनेछ। पुस १९ गते बुक क्लोज गर्ने निर्णयअनुसार, पुस १८ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}