एनपीएलमा पहिलो विकेट लिने खेलाडी ललित, छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी सन्दीप

काठमाडौँ। नेपालमा पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो विकेट लिने खेलाडी जनकपुर बोल्ट्सका बलर ललित राजवंशी बनेका छन्।

Artha Kendra Artha Kendra
शनिबार, १५ मंसिर २०८१, २:१३ PM
फन्ट
एनपीएलमा पहिलो विकेट लिने खेलाडी ललित, छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी सन्दीप

काठमाडौँ। नेपालमा पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो विकेट लिने खेलाडी जनकपुर बोल्ट्सका बलर ललित राजवंशी बनेका छन्।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा ललितले विराटनगर किङ्ग्सका ब्याटर लोकेश बमलाई आउट गर्दै इतिहास बनाए।

त्यस्तै, एनपीएलमा पहिलो छक्का प्रहार गर्ने नेपाली खेलाडीका रूपमा सन्दीप लामिछानेले आफ्नो नाम लेखाएका छन्। सन्दीपले चार बल खेल्दै एक छक्काको मद्दतमा सात रन बनाएर आउट भए।

यसअघि, न्युजिल्याण्डका मार्टिन गुप्टिलले छक्का प्रहार गरेका थिए । एनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा उनले आफ्नो नाम लेखाएका छन् ।

यस्तै, पहिलो चौका प्रहार गर्ने खेलाडीका रूपमा विराटनगर किङ्ग्सका लोकेश बमले आफ्नो नाम दर्ता गरेका छन्। लोकेशले छ बल खेल्दै एक चौकाको मद्दतमा पाँच रन बनाएर आउट भए।

सम्बन्धित (पुरानो)
सुरु भयो नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण, यसरी हेर्नुहोस् घरमै बसेर खेल!

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा २० दिन चल्ने प्रतियोगिताको औपचारिक उदघाट आज हुनेछ ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.