सुरु भयो नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण, यसरी हेर्नुहोस् घरमै बसेर खेल!

शनिबार, १५ मंसिर २०८१, १२:४१ PM
post-image

 

काठमाडौं, १५ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण आजबाट सुरू हुँदैछ।

 

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा २० दिन चल्ने प्रतियोगिताको औपचारिक उदघाट आज हुनेछ ।

 

एनपीएलको पहिलो उदघाटन खेल विराटनगर र जनकपुरका बिचमा हुनेछ । जनकपुरका तर्फबाट अनिल शाह कप्तानीमा रहनेछन भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् ।

 

आजवाट पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली प्रतिस्पर्धा उत्रदैँछन् । जसअनुसार विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बिच प्रतिस्पर्धा हुदैँछ ।


यस पटकको लिगमा १६ देशका कम्तीमा ४० खेलाडी एनपिएल खेल्न नेपाल आउँने भए पछि यसको चर्चा परिचर्चा अझै बढी हुन पुगेको छ । जसअनुसार भारतीय टोलीका चर्चित खेलाडी शिखर धवनदेखि अस्ट्रेलियाका बेन कटिङसम्म रहेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}