सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
काठमाडौं, मंसिर ५ । सुर्योदय ओमी लघुवित्त बित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तको मङ्सिर ४ गते बसेको २२८औं संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट उक्त लाभांश प्रस्ताव गरेको जनाएको छ ।
प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर रहेको छ भने कर प्रयोजन सहितलाई १ प्रतिशत नगद लाभांश रहेको छ। यसअवधिमा लघुवित्तको चुक्तापुंजी १ अर्ब ४ करोड रहेको छ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि कम्पनीले आर्थिक २०७९–८० मा १४.०७७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.