समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

समता घरेलु लघुवित्त वित्तीय संस्थाले (SAMATA) जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आवेदन दिन आज अन्तिम दिन रहेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, २० कार्तिक २०८१, ९:५० AM
फन्ट
समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले (SAMATA) जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आवेदन दिन आज अन्तिम दिन रहेको छ। इच्छुक लगानीकर्ताहरूले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। 

समता घरेलुले कात्तिक १२ गतेदेखि प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका साथ ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको थियो। यस एफपीओमार्फत कम्पनीले पूँजी संरचना सुदृढ गर्दै व्यवसाय विस्तार गर्ने लक्ष्य राखेको छ।

यस अवसरको फाइदा उठाउँदै आवेदन समयमै गर्न लगानीकर्ताहरूलाई आग्रह गरिएको छ। 

यस सार्वजनिक निष्कासनको धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित 'मेरो शेयर' अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.