स्रोत नखुलेको रकमसहित पक्राउ परेका भारतीय युवक गौर भन्सारबाटै फरार

शुक्रबार, ७ असार २०८१, ११:७ AM
post-image

रौतहट,७ असार । सशस्त्र प्रहरीको चरम लापारवाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएकाछन् । सशस्त्र प्रहरीले ती भारतीय युवकलाई स्रोत नखुलेको रकम सहित बिहिबार पक्राउ गरेको थियो । 

उनलाई रकम सहित गौर भन्सारमा बुझाउने क्रममा पिसाव फेर्ने बाहानामा भन्सार कार्यालयको पश्चिम गेट हुदै भारत तर्फ भागेका थिए । सशस्त्र प्रहरी बल रौतहटले भने बिहिबार साँझ आफुहरुलाई छक्याएर फरार भएका दाबी गरेको छ ।  सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल नेवाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका–७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका रायलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए । भन्सार कर्मचारी र सशस्त्र प्रहरीको लापारवाहीका कारण भारतीय नागरिक गजेन्द्र भाग्न सफल भएका बताइएको छ । 

उनले प्रयोग गरेको मोटरसाइकलसहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला रायले शौचालय जाने समय मागेका थिए । त्यसै क्रममा उनी फरार भएका सशस्त्र प्रहरी बल स्रोतले बताएको छ । यो घटनाबारे सशस्त्र प्रहरी बलको ११ नम्बर गणले कुनै प्रतिक्रिया दिन मानेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले घटनाबारे थाहा नभएको प्रतिक्रिया दिए । 

फरार भएका गजेन्द्र हुण्डी कारोवारीका भरिया भएको अनुमान गरिएको छ । रौतहटको बिभिन्न नाका भएर भरिया मार्फत सिमामा तैनाथ सशस्त्र प्रहरी र जनपथ प्रहरीको मिलेमतोमा हुण्डी कारोवारीले पैसा नेपाल भित्राउने गरेको समाचारस्रोतको दावी रहेको छ । 

 

यो पनि पढ्नुहोस्:
ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ

ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पोखरा महानगरपालिका-२ मोहरिया टोल बस्ने ५० वर्षीय कमलमान गुबाजुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । 

बैकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ

बैकिङ्ग कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता

आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}