श्रोत नखुलेको १४ लाख ८० हजार नेपाली रुपैयाँसहित व्यक्ति नियन्त्रणमा

बिहिबार, ६ असार २०८१, ६:१८ PM
post-image

रौतहट । रौतहट जिल्लाको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा ईलाकाबाट असार ६ गते सशस्त्र प्रहरीले १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएका व्यक्ति भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ बर्षिय युवक रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले नियन्त्रणमा लिएको हो ।

बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपातलर्फ आउँदै गरेका उनलाई बिशेष सूचनाको आधारमा खटिएकोे सुरक्षा फौजले जाँच गर्दा मोटरसाईकलको सिटमुनि लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख रुपैयाँ रहेको छ ।  

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}