प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ यात्रामा निस्किएका छन्।
देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन दिएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका–१, कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
नेपाल आयल निगमले काठमाडौँमा अत्यावश्यक भएका उपभोक्तालाई शनिबार विभिन्न पाँच बिक्री केन्द्रबाट ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास प्रत्यक्ष बिक्री गरेको जनाएको छ ।
पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते र १० जना बेपत्ता भएका छन् ।
विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धिकरणको आरोप लागेका व्यवसायी दीपक भट्टलाई थुनामा पठाउन आदेश जारी गरेको छ ।
बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बूढीगण्डकी आयोजना निर्माणमा सरकारले चासो नदेखाएको भन्दै असन्तुष्टि जनाएको छ ।
.. ..