७८ वर्षीय भण्डारीले दिए राहत कोषमा ७ लाख ७७ हजार सहयोग

७८ वर्षीय धनपति भण्डारीले रसुवाका बाढीपीडितका लागि ७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेका छन् ।

Artha Kendra Artha Kendra
मंगलबार, १६ भदौ २०८३, १२:५८ PM
फन्ट
७८ वर्षीय भण्डारीले दिए राहत कोषमा ७ लाख ७७ हजार सहयोग

काठमाडौँ । ७८ वर्षीय धनपति भण्डारीले रसुवाका बाढीपीडितका लागि ७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेका छन् ।

उनले सिंहदरबार पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

जीवनको लामो समय भारतमा रोजगारीका क्रममा बिताएका भण्डारी छोराछोरी हुर्किएपछि आफ्नो थातथलो बुटवल फर्किएका थिए । छोराछोरीले काठमाडौँमा राम्रो व्यवस्था गरेपछि उनी बुटवलबाट काठमाडौँ सरेर सिनामङ्गलमा बस्दै आएका छन् । मुलुकमा ठूलो संकट आइपर्दा उनले आफ्नै खाताबाट चेक काटेर सरकारलाई सहयोग गर्दै आएका छन्। यसपटकको सहयोगसहित उनले सरकारलाई गरेको यो तेस्रो सहयोग हो ।

उनले यसपटक पनि ७ लाख ७७ हजार ७७७ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकममा ७ लाख ७७ हजार ७७७ को अनौठो संयोग रहे पनि यसको कारण भने खुलाइएको छैन ।

चेक बुझ्दै अर्थमन्त्री वाग्लेले सहयोग रकम गलत ठाउँमा प्रयोग नहुने प्रतिबद्धता जनाएका थिए । उनले उक्त रकम रसुवाका बाढीपीडितको हितमा खर्च हुने र जिल्लाका स्थानीय तहमा सिधै पठाइने बताएका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार प्रधानमन्त्री राहत कोषका लागि सोमबार दिउँसोसम्म ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.