कुलमान भन्छन्- सुरुङ भित्र पावर हाउससम्म पुगेर उद्धार गर्नुपर्छ
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन् ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन् ।
घिसिङका अनुसार भदौ १४ गते आफूले टिमुरे, रसुवागढी सुरुङ र चिलिमे सुरुङको स्थलगत निरीक्षण गरी धुन्चेमा सुरक्षा निकायसँग छलफल गरेका थिए । त्यसपछि भदौ १५ गते नेपाली सेनाको टोलीले रसुवागढीको पावर हाउसतर्फ जाने पहुँच सुरुङभित्र करिब २५० मिटर प्रवेश गरेको उनले बताएका छन् ।
तर सुरुङभित्र मानिस नभेटिएको समाचार आएको भन्दै घिसिङले कर्मचारीहरू पावर हाउसको नियन्त्रण कक्षमा रहने भएकाले अब पावर हाउससम्म प्रवेश गर्ने उपाय खोजेर त्यहाँ फसेका कर्मचारीको तत्काल उद्धार गर्नुपर्ने बताएका छन् ।
Comments
1 comment · join the conversation
Ram
·Why so late for you suggestion? Where had you been so long ?
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.