चीनले अनिश्चितकालका लागि बन्द गर्यो तातोपानी नाका

नेपाल-चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, १६ भदौ २०८३, ११:४२ AM
फन्ट
चीनले अनिश्चितकालका लागि बन्द गर्यो तातोपानी नाका

काठमाडौँ । नेपाल-चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ ।

लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेपछि चिनियाँ पक्षले आयात-निर्यात रोक्ने निर्णय गरेको हो । पहिरोको जोखिम स्थिर भएपछि मात्र नाका खोलिने जनाइएको छ ।

यसअघि पनि पहिरोका कारण तातोपानी नाका करिब तीन साता बन्द भएको थियो । पछिल्लो बाढीले रसुवागढी नाकाको टिमुरे बजारसमेत क्षतिग्रस्त बनाएपछि नेपाल–चीन व्यापारमा थप समस्या देखिएको छ ।

नाका बन्द भएपछि दसैंका लागि चीनबाट सामान ल्याउने व्यवसायीले कोरला नाका वा समुद्री मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ । लामो समय दुवै प्रमुख नाका बन्द हुँदा व्यापार तथा राजस्व संकलनमा ठूलो असर पर्ने देखिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.