नेपाल विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब एक करोड भएको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अगाडी बढाउन निर्देशन दिएका छन् ।
प्रतिनिधि सभाको बैठक आज नबस्ने भएको छ । संघीय संसद सचिवालयले सुचना टाँस गरेर आज १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक नबस्ने जानकारी गराएको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा बारे प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग दोहोराएका छन् ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बिवाइडी गाडीको भन्सार छली प्रकरणमा संसदीय समिति बनाउन माग गरेका छन् ।
विपक्षी दलहरुले प्रतिनिधि सभाको बैठकमा अवरोध जारी राख्ने बताएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबारको संसद बैठकमा नेपालले भारतको सीमा मिचेको विवरण लिएर आउन आग्रह गरेका छन् ।
नेपाल र भारतबीच कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित परराष्ट्रमन्त्री शिशिर खनालले भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान र राप्रपा छोडेका धवलशमशेर राणा समुहबीच नयाँ राष्ट्रवादी राजनीतिक दल बनाउने सहमति भएको छ ।
राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले पार्टी छोडेर नयाँ राष्ट्रवादी पार्टी बनाउने घोषणा गरेका छन् ।
.. ..