सरकारले गरिब लखटयो, धेरै टिकदैन- दुर्गा प्रसाईं
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राजसंस्था र वैदिक सनातन हिन्दु धर्मको स्थापना नभएसम्म देशमा शान्ति नहुने बताएका छन् ।
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राजसंस्था र वैदिक सनातन हिन्दु धर्मको स्थापना नभएसम्म देशमा शान्ति नहुने बताएका छन् ।
धवल शमशेर राणासँग मिलेर नयाँ राष्ट्रवादी पार्टीमा जिम्मेवारी घोषणा गर्ने कार्यक्रममा बोल्दै प्रसाईले आफुहरु राजसंस्था र वैदिक सनातन हिन्दु धर्मको स्थापना गर्नका लागि मिलेको भन्दै आफुहरुको अन्य स्वार्थ नरहेको बताएका हुन् । प्रसाईले आफुले राप्रपा भनेको धवल शमशेर भन्ने बुझेको भन्दै चुनावको बेलामा राजा र धर्म सम्झेर जनता ढाटेको आरोप समेत लगाए ।
उनले रास्वपा पार्टी र सरकार नटिक्ने भन्दै गरिबलाई प्रहार गरेको आरोप लगाए । सरकारले गरिवी लखटनुपर्नेमा गरिब लखेटेको बताउदै जंगलमा टेम्पो भीरबाट लडाएको यो सरकार धेरै नटिक्ने दाबि गरे । पुराना दलले ३५ बर्षमा सकेको अहिलेको सरकारले एक बर्षमै सक्ने आरोप लगाए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.