परराष्ट्र मन्त्री खनाल आज चीन प्रस्थान गर्ने, ३ असारमा फर्कने
परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दैछन्।
काठमाडौं, ३१ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दैछन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल आज बेइजिङ जाने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्य विस्तार गर्ने विषयमा उच्चस्तरीय वार्ता हुनेछ। साथै, उनले चीनका विभिन्न उच्च सरकारी अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।
यसैबीच, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउनेछन्। सम्मेलनका क्रममा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग नेपालमा लगानीका सम्भावना र सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले स्वागत समारोहसमेत आयोजना गर्नेछ।
मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.