भूमिहीन र अव्यवस्थित बसोबासीलाई बीमाको दायरामा ल्याउने सरकारी तयारी
काठमाडौँ उपत्यकामा बसोबास गर्ने भूमिहीन तथा अव्यवस्थित नागरिकलाई सामाजिक सुरक्षा प्रणालीको दायरामा ल्याउने उद्देश्यले सरकारले दुर्घटना, स्वास्थ्य तथा जीवन बीमा कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्रता दिएको छ।
काठमाडौं, २९ जेठ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने भूमिहीन तथा अव्यवस्थित नागरिकलाई सामाजिक सुरक्षा प्रणालीको दायरामा ल्याउने उद्देश्यले सरकारले दुर्घटना, स्वास्थ्य तथा जीवन बीमा कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्रता दिएको छ। विशेष गरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई लक्षित गरी आवश्यक कार्यविधि तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा पूर्वाधार विकास मन्त्रालयले सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमाका साथै बालबालिकाको शैक्षिक सुरक्षालाई समेत समेट्ने गरी कार्यक्रम अघि बढाएको हो। यसको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी, स्वास्थ्य बीमा बोर्ड तथा नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाइएको छ।
हाल काठमाडौँ उपत्यकाभित्र सञ्चालित छ वटा होल्डिङ सेन्टरमा करिब एक हजार ४८८ जना नागरिक बसोबास गरिरहेका छन्। तीमध्ये अधिकांशको डिजिटल विवरण सङ्कलन भइसकेको छ भने बाँकी लाभग्राहीको विवरण अद्यावधिक गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। लाभग्राहीको पहिचान भने आधिकारिक कागजातका आधारमा सुनिश्चित गरिने सरकारको तयारी छ।
सरकारले उक्त बीमा कार्यक्रममा लाग्ने सम्पूर्ण प्रिमियम तथा प्रशासनिक खर्च आफैँ व्यहोर्ने जनाएको छ। प्रारम्भिक चरणमा काठमाडौँ उपत्यकाबाट सुरु गरिने यो योजना आगामी १० वर्षसम्म निरन्तर सञ्चालन गरी दीर्घकालीन सामाजिक सुरक्षा कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.