नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्वबैंकले ८० मिलियन डलर (करिब १० अर्ब ६८ करोड रुपैयाँ ) ऋण दिने
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानहरू विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउन ८० मिलियन डलर (करिब १० अर्ब ६८ करोड रुपैयाँ )को विकास नीति ऋण स्वीकृत गरेको छ ।