शेयर बजारमा उछाल, ४.७२% ले बढ्यो नेप्से, सबैभन्दा बढ्नेमा फाइनान्स इन्डेक्स

आज साताको दोस्रो दिन सोमबार नेप्सेमा उछाल आएको छ।

Artha Kendra Artha Kendra
सोमबार, १७ भदौ २०८१, ३:१२ PM
फन्ट
शेयर बजारमा उछाल, ४.७२% ले बढ्यो नेप्से, सबैभन्दा बढ्नेमा फाइनान्स इन्डेक्स

आज साताको दोस्रो दिन सोमबार नेप्सेमा उछाल आएको छ। नेप्से ४.७२%, १२७.३२ अङ्कले बढेर २८२३.२५ मा बन्द भएको छ। कारोबार रकम पनि बढेर १३.१९ अर्ब पुगेको छ।

 ३०४ ओटा स्क्रिप्ट बढेका छन् भने जम्मा २३ ओटा स्क्रिप्ट घटेका छन्। घट्नेमा अधिकांस म्युचुअल फन्ड रहेका छन्। यसका साथै १५ ओटा स्क्रिप्ट सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी (NHPC), बेस्ट फाइनान्स कम्पनी (BFC), NLG इन्स्योरेन्स कम्पनी (NLG), सुपर माई हाइड्रोपावर (SMH), समृद्धि फाइनान्स कम्पनी (SFCL) लगायत छन्। त्यसैगरी सबैभन्दा गुमाउनेमा लक्ष्मी उन्नति कोष (LUK), माइखोला हाइड्रोपावर (MKHL) लगायत छन्। यस अघि नेप्से लगातार १ हप्ता सम्म घटेर २६९५ पुगेको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.