रवि ओड प्रहरी नियन्त्रणमा, वैवाहिक बलात्कारको आरोप

नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Artha Kendra Artha Kendra
आइतबार, ३० बैशाख २०८१, १:६ PM
फन्ट
रवि ओड प्रहरी नियन्त्रणमा, वैवाहिक बलात्कारको आरोप

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् ।

कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।

उनीविरूद्ध श्रीमतीले गत चैत २१ गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै  इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्।

त्यसबेला विदेशमा रहेका ओड नेपाल फर्केपछि आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।  

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.