नेपाल आइडल बिजेता ओड माथी बैबाहिक बलात्कारको मुद्दा

शुक्रबार, २३ चैत २०८०, १२:२ PM
post-image

काठमाडौं, २३ चैत । नेपाल आइडल बिजेता गायक रवी ओड बिरूद्द पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दाको बिषयमा उनीविरुद्ध  पक्राउ पुर्जी जारी भएको हो । 

गायक ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको कञ्चनपुरका एसपी चक्रराज जोशीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन् ।

पत्नीले अप्राकृतिक र असहज तरिकाले निरन्तर आफूलाई बलात्कार गर्ने गरेको भन्दै गम्भिर आरोप लगाएकी छन् । 

सो पक्राउ पुर्जी जारी भएसँगै गायक ओड भने फरार छन् । सो घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}