धनगढीका नगर प्रमुख हमालकी छोरी भारतबाट सम्पर्कविहिन

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन् ।

Artha Kendra Artha Kendra
मंगलबार, १३ चैत २०८०, ५:२२ PM
फन्ट
धनगढीका नगर प्रमुख हमालकी छोरी भारतबाट सम्पर्कविहिन

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन् ।

नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्क विहिन भएकी हुन्। उनी ओशो साधक हुन केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्क विहिन भएको उनको साथीबाट खबर प्राप्त भएको छ ।

भारतको गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीले खोजी कार्यमा सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्। साथै नगर प्रमुख हमालकी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न आज (मंगलबार) रातिको फ्लाइटमा गोवा पुग्ने भएकाले ००९१– ९७९४०९६०१४, ८२७३५३८१३२, ९३८९६०७९५३ मा सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग तथा खोजी कार्यमा सहजीकरण गरिदिन नगर प्रमुख हमालले सबैमा अपिल समेत गरेका छन्।

नोट: यो पोस्टलाई अत्याधिक शेयर गर्नुहोला ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.