एनआइसी एसियाको स्वामित्वमा रहेको २ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन

मंगलबार, १३ चैत २०८०, १२:४ PM
post-image

काठमाडौं, १३ चैत । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको सेयर लिलामी भर्ने आज मंगलबार अन्तिम दिन रहेकोले कार्यालय समयसम्ममा यसमा आवेदन दिनुपर्ने हुन्छ । बैंकले चैत ४ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । जसमा बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता सेयर लिलामीमा ल्याएको हो । 

आवेदकले यसमा लगानीकर्ताले न्यूनतम २४५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यस्तै, बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम ७५३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

दुवै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}