२८ दिन हिरासतमा बसेर धरौटीमा छुटिन् शर्मिला वाइबा

पवन खतिवडा ( म्याकुरी ) लाई कुटपिट गरेको आरोपमा  शर्मिला वाइबा २८ दिन लामो हिरासत बसाइपछि सोमबार रिहा भएकी छन्।

Artha Kendra Artha Kendra
सोमबार, १२ चैत २०८०, ७:२५ PM
फन्ट
२८ दिन हिरासतमा बसेर धरौटीमा छुटिन् शर्मिला वाइबा

पवन खतिवडा ( म्याकुरी ) लाई कुटपिट गरेको आरोपमा  शर्मिला वाइबा २८ दिन लामो हिरासत बसाइपछि सोमबार रिहा भएकी छन्।

काठमाडौं जिल्ला अदातलका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले दुईवटा मुद्दामा उनलाई सोमबार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।

म्याकुरी उपनामले चिनिने हाँस्य कलाकार पवन खतिवडाले कुटपिटसम्बन्धी घटनामा उजुरी दिएपछि उनलाई महाराजगञ्ज बृत्तको टोलीले गत फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो।

त्यसपछि उनीविरुद्ध कुटपिट, अंगभंग र साइबर अपराधसहित दुईवटा मुद्दा चलाइएको थियो। ती दुईमध्ये कुटपिट अंगभंगमा १० हजार
र साइबरसम्बन्धी अपराधमा २५ हजार धरौटी बुझाएर उनी सोमबार नै हिरासतमुक्त भएकी हुन्। 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.