बागलुङ बस दुर्घटना : मृतकको संख्या आठ पुग्यो, अधिकांश घाइतेको अवस्था गम्भीर

सोमबार, ५ चैत २०८०, १०:२८ PM
post-image

ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार बिकले जानकारी दिए ।

उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर छ ।

रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।

बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}