जलविद्युत् र सेयर बजारबारे शनिबार ‘बजारको चिरफार पर्स्पेक्टिभ्स’, १०० जनाले निःशुल्क सहभागी हुन पाउने

इप्पानका पूर्वअध्यक्षदेखि ब्रोकर कम्पनीका सीईओसम्म ५ जना विज्ञ दुई सत्रमा लगानीकर्ताका प्रश्नको जवाफ दिनेछन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, ११ मंसिर २०८३, २:२१ PM
—
फन्ट
जलविद्युत् र सेयर बजारबारे शनिबार ‘बजारको चिरफार पर्स्पेक्टिभ्स’, १०० जनाले निःशुल्क सहभागी हुन पाउने

काठमाडौं । जलविद्युत् क्षेत्र र सेयर बजारका अवसर तथा चुनौतीबारे विज्ञसँग प्रत्यक्ष छलफल गर्ने अवसरसहित आर्थिक समाचार पोर्टल बजारको चिरफारले ‘बजारको चिरफार पर्स्पेक्टिभ्स’ कार्यक्रम आयोजना गर्दैछ ।

कार्यक्रम मंसिर १२ गते शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौंको नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा हुनेछ । दुई सत्रमा हुने कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने भए पनि १०० सिट मात्र रहेकाले पूर्वदर्ता अनिवार्य गरिएको छ ।

पहिलो सत्र : जलविद्युत्को विगत, वर्तमान र भविष्य

पहिलो सत्रमा हाइड्रोपावर विशेषज्ञ तथा उद्यमी ज्ञानेन्द्रलाल प्रधान, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पूर्वअध्यक्ष गणेश कार्की र इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामा प्यानलिस्ट रहनेछन् ।

यो सत्रमा नेपालमा जलविद्युत् विकासको यात्रा, निजी क्षेत्रको भूमिका र लगानीका सम्भावना तथा चुनौतीबारे छलफल हुनेछ । हालै चर्चामा आएको विद्युत् ऐन, २०४९ को संशोधन, बिजुली व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता तथा जलविद्युत् आयोजनामा लगानी गर्दा ध्यान दिनुपर्ने पक्ष पनि छलफलका विषय हुनेछन् ।

दोस्रो सत्र : सेयर बजारमा प्रश्नोत्तर

‘Stock Market Q&A: Your Questions, Their Insights’ नाम दिइएको दोस्रो सत्र सेयर बजारमा केन्द्रित हुनेछ । यसमा ज्ञानेन्द्रलाल प्रधान, सिटिजन्स स्टक ब्रोकर (ब्रोकर नम्बर ९१) का प्रमुख कार्यकारी अधिकृत मनिष अर्याल र प्राविधिक विश्लेषक अशोककुमार शाह सहभागी हुनेछन् ।

बजारको वर्तमान अवस्था, लगानीका अवसर, जोखिम र बजार विश्लेषणबारे हुने छलफलमा सहभागी लगानीकर्ताले प्यानलिस्टसँग सिधै प्रश्न सोध्न पाउनेछन् ।

कसरी सहभागी हुने ?

सहभागी हुन चाहनेले यो फारम भरेर दर्ता गर्नुपर्नेछ । प्राप्त आवेदनमध्येबाट छनोट भएकालाई इमेलमार्फत प्रवेश पास पठाइनेछ । प्रवेश पासबिना कार्यक्रममा सहभागी हुन पाइने छैन ।

अनुभवी तथा जानकार व्यक्तिलाई लगानीकर्तासँग जोड्ने र आपसमा अनुभव आदानप्रदान गराउने उद्देश्यले ‘पर्स्पेक्टिभ्स’ शृंखला सुरु गरिएको आयोजकले जनाएको छ । आगामी दिनमा अन्य क्षेत्रका विषयमा पनि यस्तै छलफल गरिने आयोजकको भनाइ छ ।

कार्यक्रमको प्रायोजक टेकस्पायर कलेज र मोबाइल एप्लिकेसन पार्टनर सेयरहब रहेका छन् ।

के हो सेयरहब ?

सेयरहब (Share Hub) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगानी गर्नेहरूका लागि बनाइएको ‘अल इन वान’ प्लेटफर्म हो । सेयरहब प्राइभेट लिमिटेडले सञ्चालन गरेको यो एप र वेबसाइटबाट नेप्से परिसूचक र सेयरको लाइभ मूल्य हेर्न, पोर्टफोलियो तथा वाचलिस्ट बनाउन र एकैपटक परिवारका धेरै बीओआईडीको आईपीओ नतिजा हेर्न सकिन्छ ।

यसमा फ्लोरसिट र ब्रोकर विश्लेषण, कम्पनीको लाभांश इतिहास र वित्तीय विवरण, आईपीओ, एफपीओ र हकप्रद सेयरका अलर्ट, सेयर क्याल्कुलेटर, प्राविधिक विश्लेषणका टुल्स तथा विदेशी मुद्रा र सुनचाँदीको दरसमेत उपलब्ध छन् । गुगल प्ले स्टोरमा यो एप १० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

वेबसाइट : sharehubnepal.com

एन्ड्रोइड (गुगल प्ले स्टोर) : सेयरहब एप डाउनलोड गर्नुहोस्

आईफोन (एप स्टोर) : सेयरहब एप डाउनलोड गर्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.