नर्स हत्या प्रकरणः मृत अवस्थामा भेटिए प्रेमी
विराटनगर । तीन दिनअघि मृत अवस्थामा फेला परेकी नोबेल अस्पतालमा कार्यरत् नर्सको हत्यामा संलग्न रहेको आशंका गरिएका उनका प्रेमी पनि मृत अवस्थामा फेला परेका छन् ।
विराटनगर महानगरपालिका-४ स्थित होटल फाइनको एउटा कोठामा उनी झुण्डिएको अवस्थामा हिजो राति फेला परेको प्रहरीले जनाएको छ । सिरहा घर भएकी २५ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न रहेको संकेतका आधारमा प्रहरीले खोजी गरिरहेका २२ वर्षीय शिवशंकर दास होटलमा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ ।
नर्स चन्द्रिकुमारी विराटनगर-४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यहीँ उनको कोठाको शौचालयमा उनी गत शुक्रबार मृत अवस्थामा फेला परेकी थिइन् । घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट भेटिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमी शिवशंकरले उनको हत्या गरेको केही संकेत पाएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.