वाणिज्य बैंकको निर्माण कर्जा एक वर्षमा १६ प्रतिशतले बढेर २ खर्ब ४३ अर्ब नाघ्यो

बैंकको कुल कर्जा ७.७५ प्रतिशतले मात्र बढ्दा कृषि विकास बैंकको निर्माण कर्जा ६३.५४ प्रतिशतले बढेको छ ।

Artha Kendra Artha Kendra
सोमबार, ७ मंसिर २०८३, ९:२४ AM
—
फन्ट
वाणिज्य बैंकको निर्माण कर्जा एक वर्षमा १६ प्रतिशतले बढेर २ खर्ब ४३ अर्ब नाघ्यो

काठमाडौं । वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा प्रवाह गरेको कर्जा एक वर्षमा १६.०४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको बैंकिङ तथा वित्तीय तथ्यांकअनुसार २० वाणिज्य बैंकको निर्माण कर्जा २ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको असोज मसान्तमा यस्तो कर्जा २ खर्ब ९ अर्ब ९८ करोड रुपैयाँ थियो । एक वर्षमा बैंकहरूको निर्माण कर्जा ३३ अर्ब ६९ करोड रुपैयाँले बढेको हो । २० मध्ये १६ बैंकको निर्माण कर्जा बढेको छ भने ४ बैंकको घटेको छ ।

कुल कर्जाभन्दा दोब्बर गतिमा

सोही अवधिमा वाणिज्य बैंकको कुल कर्जा ७.७५ प्रतिशतले मात्र बढेको छ । गत असोज मसान्तमा ५० खर्ब ४३ अर्ब ८६ करोड रुपैयाँ रहेको कुल कर्जा यस वर्ष ५४ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यसरी निर्माण क्षेत्रको कर्जा कुल कर्जाको दोब्बरभन्दा बढी गतिमा बढेको हो ।

यससँगै बैंकको कुल कर्जामा निर्माण क्षेत्रको हिस्सा एक वर्षमा ४.१६ प्रतिशतबाट ४.४८ प्रतिशत पुगेको छ ।

विकास बैंक र वित्त कम्पनीसमेत जोड्दा बैंक तथा वित्तीय संस्थाको निर्माण कर्जा १९.६६ प्रतिशतले बढेर २ खर्ब ८४ अर्ब ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ । यसमध्ये विकास बैंकहरूको निर्माण कर्जा ४६.२१ प्रतिशतले बढेर ३६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षमा भने सुस्त

चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा भने निर्माण कर्जा २.२४ प्रतिशतले मात्र बढेको छ । असार मसान्तमा २ खर्ब ३८ अर्ब ३३ करोड रुपैयाँ रहेको यस्तो कर्जा तीन महिनामा ५ अर्ब ३३ करोड रुपैयाँले बढेको हो । सोही अवधिमा बैंकको कुल कर्जा २.७३ प्रतिशतले बढेको छ ।

असोज महिनामा मात्रै भने निर्माण कर्जा भदौ मसान्तको तुलनामा ०.४५ प्रतिशत (१ अर्ब १० करोड रुपैयाँ) घटेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा बैंकको निर्माण कर्जा १६.८३ प्रतिशत र त्यसअघिको वर्ष ११.५७ प्रतिशतले बढेको थियो ।

नबिलको लगानी सबैभन्दा धेरै

निर्माण क्षेत्रमा सबैभन्दा धेरै कर्जा नबिल बैंकको छ । नबिलले असोज मसान्तसम्म २८ अर्ब ७ करोड रुपैयाँ निर्माण कर्जा प्रवाह गरेको छ, जुन गत वर्षको तुलनामा ९.१९ प्रतिशत बढी हो ।

दोस्रोमा रहेको लक्ष्मी सनराइज बैंकको निर्माण कर्जा २१.११ प्रतिशतले बढेर २६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । तेस्रोमा रहेको सिटिजन्स बैंकको कर्जा २६.४९ प्रतिशतले बढेर २२ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

सबैभन्दा कम निर्माण कर्जा नेपाल एसबीआई बैंकको छ । यो बैंकको निर्माण कर्जा १ अर्ब ५ करोड रुपैयाँ छ, जुन गत वर्षभन्दा १६.३२ प्रतिशत बढी हो ।

कृषि विकास बैंकको वृद्धि सबैभन्दा तीव्र

वृद्धिदरका हिसाबले कृषि विकास बैंक अगाडि छ । यो बैंकको निर्माण कर्जा एक वर्षमा ६३.५४ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड रुपैयाँबाट २० अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

माछापुच्छ्रे बैंकको निर्माण कर्जा ५०.६५ प्रतिशत, ग्लोबल आईएमई बैंकको २८.९९ प्रतिशत र सिटिजन्स बैंकको २६.४९ प्रतिशतले बढेको छ ।

चार बैंकको निर्माण कर्जा घट्यो

प्रतिशतका हिसाबले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको निर्माण कर्जा सबैभन्दा धेरै ५.९६ प्रतिशत (५१ करोड ९१ लाख रुपैयाँ) ले घटेको छ । एनआईसी एसिया बैंकको ३.५१ प्रतिशत (७४ करोड ५५ लाख रुपैयाँ), कुमारी बैंकको २.०६ प्रतिशत (३२ करोड ४२ लाख रुपैयाँ) र नेपाल बैंकको १.८९ प्रतिशत (६ करोड ५५ लाख रुपैयाँ) ले निर्माण कर्जा घटेको छ ।

कुन बैंकको निर्माण कर्जा कति ?

असोज मसान्तसम्मको निर्माण कर्जा, कोष्ठमा गत वर्षको असोज मसान्त र वार्षिक परिवर्तन :

नबिल बैंक : २८ अर्ब ७ करोड रुपैयाँ (२५ अर्ब ७१ करोड, ९.१९ प्रतिशत वृद्धि)

लक्ष्मी सनराइज बैंक : २६ अर्ब ३१ करोड रुपैयाँ (२१ अर्ब ७२ करोड, २१.११ प्रतिशत वृद्धि)

सिटिजन्स बैंक इन्टरनेसनल : २२ अर्ब ३९ करोड रुपैयाँ (१७ अर्ब ७० करोड, २६.४९ प्रतिशत वृद्धि)

एनआईसी एसिया बैंक : २० अर्ब ५० करोड रुपैयाँ (२१ अर्ब २५ करोड, ३.५१ प्रतिशत कमी)

कृषि विकास बैंक : २० अर्ब २४ करोड रुपैयाँ (१२ अर्ब ३७ करोड, ६३.५४ प्रतिशत वृद्धि)

प्राइम कमर्सियल बैंक : १६ अर्ब २८ करोड रुपैयाँ (१३ अर्ब ९१ करोड, १७.०२ प्रतिशत वृद्धि)

कुमारी बैंक : १५ अर्ब ४२ करोड रुपैयाँ (१५ अर्ब ७५ करोड, २.०६ प्रतिशत कमी)

प्रभु बैंक : १५ अर्ब ४० करोड रुपैयाँ (१४ अर्ब ४९ करोड, ६.२७ प्रतिशत वृद्धि)

माछापुच्छ्रे बैंक : १३ अर्ब ५२ करोड रुपैयाँ (८ अर्ब ९७ करोड, ५०.६५ प्रतिशत वृद्धि)

ग्लोबल आईएमई बैंक : १२ अर्ब २१ करोड रुपैयाँ (९ अर्ब ४७ करोड, २८.९९ प्रतिशत वृद्धि)

सानिमा बैंक : ८ अर्ब ५६ करोड रुपैयाँ (७ अर्ब ५२ करोड, १३.८९ प्रतिशत वृद्धि)

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक : ८ अर्ब २० करोड रुपैयाँ (६ अर्ब ६९ करोड, २२.५३ प्रतिशत वृद्धि)

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल : ८ अर्ब २० करोड रुपैयाँ (८ अर्ब ७२ करोड, ५.९६ प्रतिशत कमी)

एनएमबि बैंक : ७ अर्ब ५७ करोड रुपैयाँ (६ अर्ब ५७ करोड, १५.३६ प्रतिशत वृद्धि)

एभरेस्ट बैंक : ४ अर्ब ८३ करोड रुपैयाँ (४ अर्ब ४९ करोड, ७.५९ प्रतिशत वृद्धि)

राष्ट्रिय वाणिज्य बैंक : ४ अर्ब ५२ करोड रुपैयाँ (३ अर्ब ७७ करोड, १९.९५ प्रतिशत वृद्धि)

सिद्धार्थ बैंक : ४ अर्ब ५२ करोड रुपैयाँ (४ अर्ब १५ करोड, ८.६९ प्रतिशत वृद्धि)

नेपाल बैंक : ३ अर्ब ४० करोड रुपैयाँ (३ अर्ब ४७ करोड, १.८९ प्रतिशत कमी)

हिमालयन बैंक : २ अर्ब ४७ करोड रुपैयाँ (२ अर्ब ३६ करोड, ४.९५ प्रतिशत वृद्धि)

नेपाल एसबीआई बैंक : १ अर्ब ५ करोड रुपैयाँ (९० करोड, १६.३२ प्रतिशत वृद्धि)

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.