बेनी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड (BENH) को १ करोड ४ लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, २७ असोज २०८३, ५:२ PM
—
फन्ट
बेनी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड (BENH) को १ करोड ४ लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनी र नेप्सेबीच आज (असोज २७ गते) शेयर सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

नेप्सेका अनुसार कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम रहेको कुल १ करोड ४ लाख कित्ता शेयर सूचीकृत गरिएको हो। यसमा सर्वसाधारणमा वितरण गरिएको २० लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरूको ८३ लाख २० हजार कित्ता शेयर समावेश छन्।

कम्पनीको शेयर दोस्रो बजारमा बुधबार (असोज २८ गते) देखि कारोबारमा आउनेछ। नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ।

कम्पनीको शेयर नेप्सेमा BENH कारोबार संकेतमा कारोबार हुनेछ।

यससँगै बेनी हाइड्रोपावरका शेयरधनीले दोस्रो बजारमा आफ्नो शेयर कारोबार गर्न सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.