कुथेली बुखरी स्मल हाइड्रोपावरले घोषणा गर्‍यो बोनस शेयर

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २२ असोज २०८३, १२:२३ PM
—
फन्ट
कुथेली बुखरी स्मल हाइड्रोपावरले घोषणा गर्‍यो बोनस शेयर

दोलखामा जलविद्युत आयोजना सञ्चालन गरिरहेको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड ले गत आर्थिक वर्ष २०८२/८३ मा आर्जित मुनाफाबाट शेयरधनीहरूलाई लाभांश बाँड्ने निर्णय गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

बोनस शेयरमा लाग्ने कर भुक्तानीका लागि कम्पनीले थप ०.९४७४ प्रतिशत नगद लाभांश पनि छुट्याएको छ। यसरी शेयरधनीले पाउने कुल लाभांश १८.९४७४ प्रतिशत हुन आउँछ।

सञ्चालक समितिको निर्णय

कम्पनीको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

प्रस्तावित लाभांशले पहिले विद्युत नियमन आयोग (ERC) को स्वीकृति पाउनुपर्नेछ। त्यसपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.