ग्लोबल आइएमई लघुवित्तले ९.५ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १३ असोज २०८३, १०:४६ AM
—
फन्ट
ग्लोबल आइएमई लघुवित्तले ९.५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको २३०औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

संस्थाले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतले हुन आउने रु. ३ करोड ८८ लाख ९७ हजार ८ सय ६७ बराबरको बोनस शेयर प्रस्ताव गरेको छ।

यस्तै, कर प्रयोजनसहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। यसअनुसार रु. २ करोड २६ लाख ९० हजार ४ सय २२ रुपैयाँ ९० पैसा नगद लाभांश वितरण हुनेछ।

प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपछि वितरण गर्ने गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय भएको संस्थाले जनाएको छ।

कुल ९.५ प्रतिशत लाभांश प्रस्ताव गरेको ग्लोबल आइएमई लघुवित्तको सञ्चालक समितिको बैठक २०८३ असोज १२ गते बसेको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.