राप्ती हाइड्रोलाई हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगको पूर्वस्वीकृति
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।
काठमाडौं। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराउँदै आयोगबाट हाल कायम चुक्ता पुँजीको १:०.२५१४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति प्राप्त भएको जनाएको छ।
कम्पनीका अनुसार आयोगले ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिएको हो। उक्त सेयरको कुल रकम करिब ३० करोड ८१ लाख २६ हजार रुपैयाँ बराबर हुनेछ।
यसअघि कम्पनीको २०८२ पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले हाल कायम चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँको आधारमा १:०.४६६१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार कम्पनीले विद्युत नियमन आयोगसमक्ष पूर्वस्वीकृतिका लागि निवेदन दिएको थियो।
तर आयोगले कम्पनीलाई साधारणसभाबाट प्रस्ताव गरिएको अनुपातभन्दा कम अर्थात् २५.१४ प्रतिशत बराबरको हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको हो।
कम्पनीले आयोगको पूर्वस्वीकृतिसम्बन्धी पत्र २०८३ असोज ८ गते अपराह्न ५ बजे प्राप्त भएको जानकारी नेप्सेलाई गराएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.