मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश प्रस्ताव

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, १२ असोज २०८३, १२:३९ PM
—
फन्ट
 मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं। मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बैंकको २०८३ असोज १० गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम रु. १ अर्ब २१ करोड ५१ लाख चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई बैंकको आगामी २१औँ वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.